काठमाडौं । नेकपा (एमाले)को विरोधका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको छ । आज दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, प्रधानमन्त्री एवं…