काठमाडौं । सरकारले कोरोना भाइरसको जनस्वास्थ्य मापदण्डको उल्लंघन र नयाँ भेरियन्ट बढ्दो क्रममा रहेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै जनस्वास्थ्य मापदण्डमा कडाई गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । मन्त्रालयमा बसेको बैठकले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह…