११ बैशाख २०८१, मंगलबार | April 24, 2024

नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै, बुधबार थपिए ३३९ नयाँ संक्रमित



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । छिमेकी भारतमा संक्रमितहरु तिब्र गतिमा बढेसँगै नेपालमा पनि संक्रमितहरु बढ्न थालेका हुन् । बुधबार ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

चार हजार एक सय पीसीआर परीक्षण र एक हजार ४० एन्टिजेन परीक्षण गर्दा ती संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङ कार्यक्रममार्फत जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षणको क्रममा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै एन्टिजेन विधिबाट ४१ जनामा संक्रमित पुष्टि भएको थियो ।

गौतमले काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा १६३ जनामा संक्रमण पुष्टि भएको बताए । जसमध्ये काठमाडौंमा १३२ जना, ललितपुरमा २६ जना र भक्तपुरमा ५ जना रहेका छन् ।

यससँगै बुधरबारसम्म देशभर सक्रिय संक्रमितको संख्या दुई हजार २०१ पुगेको छ। प्रवक्ता गौतमका अनुसार देशभर ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा ७४ जना संक्रमित निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ५५ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना