१३ श्रावण २०८३, बुधबार | July 30, 2026

करेन्ट लागेर प्रधानाध्यापकको मृत्यु

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप-१ पुल्डुङगका प्रधानाध्यापक हुन् । विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको…