२० बैशाख २०८३, आइतबार | May 3, 2026

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नम्बर-२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ । सोही नगरपालिकाको वडा नम्बर-८, केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश-३-१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब…