नेपालगन्ज । बाँकेमा क्रियाशिल पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले २ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिने भएको छ । शाखा कार्यसमितिको आज बसेको बैठकले उक्त निर्णयउ गरेको शाखा सचिव कमल डाँगीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उदेश्यले सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारकालागि…