काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार १० हजार ५९६ जनामा परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । यसबीचमा ३ हजार ४५१ जना संक्रमण मुक्त भएका छन् । यसैअवधिमा ३४ जनाको मृत्यु भएको छ ।…