१५ भदौ २०८३, सोमबार | September 1, 2026

चुनवाङमा रामबहादुर विलिन भएजस्तै बालुवाटारमा वामदेवको विलय



काठमाडौं । माओवादी जनयुद्धकालमा रुकुमको चुनवाङ बैठककै झल्को दिने गरी एमालेको जारी केन्द्रीय कमिटी बैठकमा एमाले उपाध्यक्ष वाममदेव गौतमले केपी ओलीमा समाहित भएको घोषणा गरे ।

वामदेवले अब आफु ओलीसँग आईसकेको जनाउ दिंदै फेरि अन्त नफर्कने घोषणा पनि गरे । माओवादीको चुनवाङ बैठकमा पनि यतिबेला ओलीमा समाहित भएका रामबहादुर थापाले आँखा भरी आँसु बनाउँदै आफु प्रचण्डमा समाहित भएको घोषणा गरेका थिए । चुनवाङ र बालुवाटारमा फरक यति मात्र देखियो थापाले आत्मालोचना गर्दै आफुले अबदेखि गल्ती नगर्ने कसम खाएका थिए, तर बालुवाटारमा वामदेवले आत्मालोचना त गरेनन् नै ओलीलाई पार्टीमा माधव नेपाल र प्रचण्डलाई पनि समाहित गर्न सुझाव दिए ।

लगातार ओली प्रवत्तिको विरोध जनाईरहेका गौतम आज बालुवाटार पुगेर ओलीमा सहमाहित भएको घोषणा गरिरहँदा ओलीले अन्य नेताहरुलाई गरेको अपमान, पार्टीमा ओली र माधव पक्षको बारबरी हैसियत र एकता टुट्दा हुन सक्ने क्षतिका बारेमा पनि आंकलन गरे ।

बैठकमा आफ्ना विचार राख्दै नेता गौतमले मुख्य नेतालाई अपमान गरेर एकता हुन नसक्ने समेत बताए । ‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ। मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन,’ गौतमले बैठकमा भने ।

उनले नवौ महाधिवेशनमा निर्वाचित हुँदा बनेको कमिटीको अवस्थाको स्मरण गर्दै भने ‘हिजो केन्द्रीय कमिटीको निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ। एमाले आधा आधा विभाजित छ । ’

आफूले अहिलेसम्म मित्रघात नगरेको दाबी गर्दै नेता गौतमले आफू ओलीकै पक्षमा रहेको दाबी पनि गरे।

अहिलेसम्म लगातार ओलीको आलोचना गर्दै आएका गौतमले पहिलो पटक माधव नेपाल पक्षको आलोचना पनि गरे । केहि दिनअघि पार्टी विभाजनको अवस्था आए नेपाल पक्षको पार्टीमा रहने घोषणा गरेको गौतमले आज भने एकाएक ओलीको पक्ष नछाड्ने र ओलीलाई मित्रघात नगर्ने कसम खाँदै थिए ।

उनले नेपाल पक्षको आलोचना गर्दै भने, ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाका पक्षमा हस्ताक्षर गर्ने थिएँ। ’

चुनवाङमा प्रचण्डमा विलय भएका रामबहादुर चुनवाङ पछि पटक पटक प्रचण्डलाई धोका दिएर बाहिर बाहिर बरालिए । बालुवाटारमा समाहित भएका बामदेवले ओलीपथमा सधैं चप्किरहन्छन् वा उनी पनि रामबहादुर जस्तै बरालिन्छन् त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ४ : २३ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,