८ बैशाख २०८१, शनिबार | April 20, 2024

छानविन समितिको प्रतिबेदन सार्वजानिक, आवेगमा घटना भएको समितिको निष्कर्श : भेरी अस्पताल प्रकरण



नेपालगञ्ज । गत जेठ १३ गते राती भेरी अस्पतालमा भएको स्वास्थ्कर्मीमाथिको सांघातिक आक्रमणलाई छानविन समितिले आवेगको परिणाम भनेको छ । नर्सिङ स्टाफ सहित चिकित्सक समेत ज्यान जोगाउन एकतलाबाट हामफल्नुपर्ने गरि भएको हमलालाई छानविन समितिले आवेगमा भएको घटनाको संज्ञा दिँदै अस्पतालमा उपचारमा सुधार गर्नु पर्ने सुझावहरु दिएको छ । प्रतिबेदनले अस्पतालको सेवामा केहि कमी भएको संकेत गर्दै त्यहिकमीका कारण घटना घटाउनेहरु आवेगमा आएको प्रतिबेदनको आसय रहेको छ ।

१७ गते साँझ बुझाएको छानविन समितिको प्रतिबेदन सार्वजानिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिबेदनमा घटना सुनियोजित नभई आफन्तको मृत्यु पश्चात तत्कालै आएको आवेगेको कारण घट्न गएको निश्किर्ष निकालिएको जानकारी दिए ।

घटना लगत्तै सुरक्षाके माग गर्दै स्वास्थ्यकमीृहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शकरबहादुर बिष्टको संयोजकत्वमा ७ सदस्सीय छानविन समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिबेदनमा विभिन्न २० बुंदेकमी कमजोरी औल्याउदै २५ बुंदे सुझाव समेत दिएको छ ।

अस्पतालमा उपचारको लागि आउने बिरामी तथा उपचारमा खटिने चिकित्सकदेखि सबैको सुरक्षाको लागि विषेश ध्यान पुराउन समितले सुझाव दिएको उल्लेख गर्दै प्रजिअ गेलालले अस्पतालको सेवालाई अझ गुणस्तरिय बनाउन पनि प्रतिबेदनमा भनिएको बताए । प्रमुख जिल्ला अधिकारी गेलालले आफन्तको मृत्यु हुँदा रिस उठ्नु स्वाभाविक भएको समेत बताएका छन् । ‘मृतकका आफन्तलाई रिस उठ्नु स्वाभाविक हो । रिस थाम्न नसक्दा गालीगलौज र हातपात हुन सक्छ । यसमा अस्पताल प्रशासन सजग हुन जरुरी छ,’ उनले भने । प्रतिबेदन आउनु अघिनै प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरि ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ ।

प्रतिबेदनमा स्वास्थ्कर्मी र अस्पताल परिषरमा हुने र हुन सक्नेमाथि कारवाहीको कानुन फितलो भएको तर्फ संकेत गर्दै कडा कानुन बनाउन सुझाव दिएपनि १३ गते भएको घटनामा संलग्नहरुलाई कस्तो प्रकृतिको कारवाही गर्नु पर्ने हो वा कुन कसुरमा कारवाही हुने हो भन्ने विषय समावेश गरिएको छैन । घटना भएर प्रहरी नियन्त्रणमा पुगिसकेपछि पनि संलग्न मानबहादुरले स्वास्थ्यकर्मीहरुसँग बदला लिएरै छाड्ने धम्कि दिएको बिषयलाई आवेग मात्र भन्ने नमिलेपनि समितिले घटनालाई आवेगमा सिमित गर्न खोजेको छ ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएपछि मृतकका भाई मानबहादुर रावत सहित छोराहरुले त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट गर्दै आईसीयू कक्ष तोडफोड गरेका थिए ।

घटनामा संलग्न रहेका मृतकका भाईहरु मानबहादुर रावत, भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शरिरिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको छ ।

अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएमा मृतकका आफन्तले उपचारमा लापरवाही भयो भन्दै जाईलाग्ने घटनाहरु बृद्धि भएको भन्दै भेरी अस्पतालका चिकित्सक, नर्सिङ्ग स्टाफ तथा स्वास्थ्यकर्मीहरु घटनामा संलग्नहरु माथि कडा कारवाहीको माग गर्दै आन्दोलन समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ९ : ३१ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल