११ बैशाख २०८१, मंगलबार | April 24, 2024

हाजिर भएको २७ दिनमा प्रहरी निरिक्षकको सरुवा, स्थानीय भन्छन् चोरी तस्करी विरुद्ध कडाई गरेपछि सरुवा गरियो



बुटवल । रूपन्देहीको भैरहवा स्थित वडा प्रहरी कार्यालयमा प्रमुखको रूपमा आएका प्रहरी निरीक्षक हाजिर भएको २७ दिनमै सरुवा भएका छन् ।

सरुवा भएर आएको २७ औ दिनमै अन्त सरुवा गरिएपछि स्थानीयले सरुवाको कारण खोजेका छन् । खोलामा अबैध उत्खनन र सुर्तिजन्य पदार्थ गुट्खा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएपछि उनको सरुवा गरिएको स्थानीयले आरोप लगाएका छन् ।

गत वैशाख १० गते कार्यालयमा हाजिर भएका प्रहरी निरिक्षक कृष्ण प्रसाद घिमिरेलाई प्रहरी प्रधान कार्यालयले गत जेठ ६ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर हुनेगरी काज सरुवा गरेको छ ।

घिमीरे कार्यालय प्रमुख भएर आए लगत्तै चोरी तस्करी नियन्त्रणलाई निसाना बनाएर काम अगाडी बढाएको र भारतबाट चोरी तस्करी भएर आएको चिनी तथा बिभीन्न सामान र समान ल्याउने ब्यक्तिलाई समेत पक्राउ गरेका थिए भने नदिजन्य सामाग्रीको घाटगद्दी नगरेर सिधै बिक्रि वितरण गरेको भन्दै केहि टिप्परहरुलाई नियन्त्रणमा लिएका थिए । उनले २७ दिनका बीचमा ३ लाख बराबरको राजश्व समेत उठाएका थिए ।

निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लंघन गर्दै बजारमा रिटेलिङ गर्दै हिँडेको अवस्थामा अमृत गुटखा उद्योगको गाडी नियन्त्रणमा लिएर भन्सारमा बुझाएकै कारण उनको सूरवा भएको प्रहरी स्रोतले दाबी गरेको छ ।

त्यसो त यस अघि रुपन्देहीको एक प्रहरी कार्यालयका ईन्चार्जलाई डिआईजी बुटवल आउँदा भेट्न नगएको र सलाम नगरेको भन्दै प्रदेशका डिआईजी रबिन्द्र सिंह धानुकले प्रदेश कार्यालयमा कारवाही स्वरुप तानेका थिए ।

सामान्यतया तराईका जिल्लामा सरूवा भई जाने प्रहरी तथा प्रशासनिक अधिकृतको एक वर्षको कार्यकाल रहने भएपनि भिमिरेको कार्यकाल २७ दिन मात्र बनाईएको छ । उनीभन्दा अगाडि बडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक राजेन्द्र अधिकारी २७ महिना कार्यरत थिए । आफ्नो सरुवाका बारेमा प्रहरी निरीक्षक घिमिरेले केही बोल्न चाहेनन् । ‘मैले कुनै गल्ती गरेको छैन,’ उनले भने, ‘विभागले पठाएको ठाउँमा गएर काम गर्नु मेरो दायित्व हो ।’

यता लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाड प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुईटेलले प्रहरी निरीक्षकको सरूवा हेडक्वार्टरले गर्ने भएकाले आफुलाई यसबारे जानकारी नहुने बताए ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ५ : ५७ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना