काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ । पोखरा एभेन्जर्स नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रने छ । उत्कृष्ट आक्रमक ब्याट्सम्यानका रूपमा चिनिने कुशलले अघिल्लो खेलमा प्रहार गरेको शक्तिशाली सिक्सले स्टार…