मकवानपुर । हेटौँडा नारायणगढ सडकखन्डअन्तर्गत् पर्ने हेटौँडा उपमहानगरपालिका-१९, बस्तीपुरमा शनिबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भई बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ, सुन्दरबजार नगरपालिका-८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी गम्भीर…