स्पेन । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न उच्चस्तरीय ‘साइड इभेन्ट’मा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष एवं प्रधानमन्त्री पेड्रो साञ्चेजद्वारा आयोजित विकास सहायतामा नयाँ सोचसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागी भई उक्त विषयको ‘राउण्ड टेबल’मा आफ्ना विचार प्रस्तुत गरे । आजै प्रधानमन्त्री…