कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सेरी-पान्तडी सडकखण्ड अन्तर्गत सल्लेरीमा उकालो चढ्ने क्रममा भे १ ज २८९८ नम्बरको जीप ब्याक भएर भीरबाट खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीका अनुसार दुर्घटनामा दुई जना स्काभेटर अपरेटर…