१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

अमेरिका-इरान शान्ति सम्झौताको प्रभावः कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट

काठमाडौं । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । दुई देशबीच मध्यस्थताको भूमिका निभाइरहेको पाकिस्तानले सम्झौताको घोषणा गरेलगत्तै एसियाली बजारको प्रारम्भिक कारोबारमा तेलको मूल्य ओरालो लागेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य मापन गर्ने प्रमुख सूचक ब्रेन्ट क्रुडको मूल्य ३.८…