म्याग्दी । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित छैन, यहाँका वनजङ्गल, झरना, तालतलैया, नदी, हरिया डाँडाकाँडा र गुराँसले ढाकिएका पहाडहरूले पर्यटकलाई डाकिरहेका छन् । धौलागिरि आइसफल पदमार्ग, धौलागिरि सेञ्चुरी पदमार्ग र टोड्के–धौलागिरी पानोरमा पदमार्ग यस क्षेत्रका प्रमुख पर्यटकीय मार्ग हुन् । यी पदमार्गले पर्यटकलाई हिमालको फेदीसम्म पु-याउँदै प्राकृतिक सौन्दर्यको अद्भूत अनुभूति दिलाउँछन् ।…