काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प स् समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित महाधिवेशनको उद्घाटन समारोह संचालन भैरहेको हो ।
उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन् । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सहअध्यक्ष शरतसिंह भण्डारीलगायतका नेताहरू उद्घाटन समारोहमा सहभागी भएका छन् ।

महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति, पार्टीका नेता–कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको सहभागिताले खुलामञ्चमा उत्साहपूर्ण माहोल बनेको छ । एकदशकपछि खुलेको खुल्लामञ्च राजनीतिक कार्यक्रमले रंगिएको छ ।
महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार ९असोज १९ र २० गते० सञ्चालन हुने कांग्रेसले जनाएको छ । त्यसैगरी, नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन कार्यक्रम तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता (रजिस्ट्रेसन) कार्यक्रम भने शुक्रबार र शनिबार सम्पन्न भैसकेको छ ।
















प्रतिक्रिया