काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा ८१ रनको प्रभावशाली जित हासिल गरेको छ । जर्सी भ्रमणमा रहेको नेपाली टोलीले दिएको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमै १६९ रनमा अलआउट भयो । जर्सीका चार्ली ब्रेननले ८२ रनको संघर्षपूर्ण इनिङ्स खेले…