२५ भदौ २०८३, बिहिबार | September 10, 2026

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौं जाँदै गरेको बसले खैरहनी नगरपालिका-१, शाहीचोकमा पैदलयात्रीलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज बिहान भएको दुर्घटनामा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे…