बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बुटवलमा आमसभा गर्दै छ । ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा आज बुटवलमा आमसभा हुन लागेको हो । राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत आज जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार…