रामेछाप । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने स्थानमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसका साहुसहित पाँच जनाको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक…