मुग्लिन । गर्मी बढेसँगै चितवनको इच्छाकामना पालिकाका पर्यटीयस्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । इच्छाकामनाका उपरदाङगढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा आन्तरिक पर्यटक बढेका हुन् । होटल व्यवासयी सङ्घका पूर्वअध्यक्ष र दासीराम ढकालका अनुसार इच्छाकामनाका विविध भेगको प्राकृतिक सौन्दर्यमा रमाउन तथा र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटक आउने गरेका छन्…