काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चार माध्यम समय सापेक्ष परिस्कृत गर्नुपर्ने बताएका छन् । नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार मन्त्री गुरुङले जनताले सही सूचना पाए मात्र राष्ट्रिय एकता बलियो हुने बताए । उनले सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) ले जनताको हितका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए ।…