३१ असार २०८३, बुधबार | July 15, 2026

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सभामुखले विपक्षी दलहरूको 'नाडी छाम्ने' प्रयास नगरी संसद्को संरक्षकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्। सभामुख कुनै पनि राजनीतिक दलको प्रतिनिधि…