काठमाडौं । दुई वर्षयता विश्वभरि फैलिएको कोभिड-१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन् । टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ । लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि गम्भीर खालका मनोसमस्या बढिरहेको पाइएको छ । एक साताअघि काठमाडौंकी १३ वर्षीया बालिकाले पत्तीले हात काटेर आत्महत्या गर्ने प्रयास गरेपछि अभिभावकले…