नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेको निर्वाचनमा मतदान गर्न आउने मतदाताले परिचय खुल्ने फोटोसहितको प्रमाणपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने भएको छ। संघले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार (भदौ ६ गते) हुने निर्वाचनमा सम्पूर्ण मतदाताले सरकारी निकायबाट परिचय खुल्ने आफ्नै फोटोसहितको कुनै एक प्रमाणपत्र लिएर मतदानस्थलमा उपस्थित हुनुपर्नेछ। तोकिएको प्रमाणपत्रमध्ये कुनै एक नल्याएमा मतदान कार्यबाट…