काठमाडौं । आफ्नो राष्ट्रिय दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले झण्डोत्तोलन गरेको छ । ८५औँ राष्ट्रिय दिवसको अवसरमा राजदूत अबरार एच हाश्मीले पाकिस्तानको झण्डा फहराए । त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका सन्देशहरू पढेर सुनाइएको थियो । सन्देशमा राष्ट्रपति आसिफ अली जरदारीले राष्ट्रबासीलाई बधाई दिँदै देशका संस्थापक पिता र पाकिस्तान आन्दोलनका शहीदहरुको बलिदानलाई सधैं सम्मान…