बुटवल । नेपालीको प्रमुख चाडपर्वमध्ये एक, जनैपूर्णिमा आज देशभर धुमधामका साथ मनाइँदैछ । परापूर्वकालदेखि खस आर्य समुदायले यो पर्वमा जनै फेर्ने र हातमा रक्षा सूचक डोरो (रक्षाबन्धन) बाँध्ने परम्परा पालन गर्दै आएका छन् । यसै दिन नेवाः समुदायले क्वाँटी नामक विशेष परिकार खाएर पर्व मनाउने गर्छन् । पछिल्ला वर्षहरूमा भारतीय परम्पराको प्रभावमा दिदीबहिनीले दाजुभाइको हातमा…