नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै शारीरिक, मानसिक एवं संवेगात्मक रुपमा सकारात्मक समाज बनाउने बताएका छन् । नेपालगन्जमा महेन्द्र पुस्तकालयको आयोजनामा भएको खेलकुदले बनाउने समाज विषयक एक विमर्श कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदले समाजलाई जोड्ने र सबल समाज बनाउन सघाउने बताए । कार्यक्रममा बोल्दै ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमालले…