१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगको कामकारबाहीमा तत्काल रोक लगाउँदै कसैलाई पनि सम्पत्ति विवरण पेस गर्न बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म सम्पत्ति विवरण अनिवार्य रूपमा…