म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’को योजना सञ्चालन गर्न लागिएको बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्रको आज निरीक्षणपछि मन्त्री पौडेलले देवभूमि सर्किट बनाउन पौराणिककालका तथ्यको पहिचानका लागि मन्त्रालयले अध्ययन थालेको जानकारी दिए । “धर्मग्रन्थका देवीदेवता, धर्मगुरु, प्रसिद्ध लामा र ऋषिमुनिहरूले…