काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे बस्दैछ । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्ने तयारी गरिएको हो । बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने एजेन्डामाथि छलफल हुने बताइएको छ । उनीहरूले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव र क्रियाशील सदस्यता विवाद समाधानका विषय…