बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, मृतकको आत्माको चिरशान्ति र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तीनदिने विश्वशान्ति पूजा गर्ने भएको छ । विश्वशान्ति, अहिंसा, परोपकारसहित बुद्धधर्मको पक्षमा क्रियाशील सो संस्थाले विभिन्न धार्मिक सङ्घसंस्थाको सहयोगमा भोटेकोशी नदीमा बाढी गएको २१ औँ पुण्यतिथिका दिन यही भदौ २९ देखि ३१ गते बिहान ७ः३० देखि…