कावासोती । यातायात व्यवस्था कार्यालय नवलपुरले कर संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन १५ दिने विशेष अभियान सञ्चालन गरेको छ। यो अभियान अन्तर्गत बिलबुक नवीकरण, जाँचपास, रूट परमिट तथा सवारीचालक अनुमतिपत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको छ। कार्यालय प्रमुख सुरेश जैसवालका अनुसार प्रदेश सरकारले राजस्व वृद्धि गर्ने लक्ष्यसहित कर संकलन प्रक्रियालाई चुस्त-दुरुस्त बनाउन विशेष योजना अघि बढाएको…