काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गते भएको घटनाका सम्बन्धमा आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् । पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमार्फत आफू र नेकपा (एमाले)विरुद्ध गलत प्रचार भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक…