काठमाडौं । धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । पृथ्वी राजमार्गको धादिङ खण्डको जरेखोला नजिक गुडिरहेको माइक्रो बसमाथि रुख खसेको हो । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस…