भैरहवा । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी सरकारी निर्णयको विरोध गर्दै देशभर धर्ना कार्यक्रम सम्पन्न गरेको छ । महासंघले उक्त निर्णयलाई विभेदकारी, स्वेच्छाचारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै तत्काल खारेज गर्न माग गरेको हो । यसैक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि धर्ना कार्यक्रम आयोजना गरेको थियो ।…