बुटवल । संयुक्त ईरिक्सा संघर्ष समिति बुटवलले बुटवल उपमहानगरपालिकाले गरेको ईरिक्सा थपसम्बन्धी निर्णयको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । समितिले बुटवलमा पत्रकार सम्मेलन गर्दै ईरिक्सा सम्बन्धी कार्यविधि विपरीत पुनः नयाँ ईरिक्सा दर्ता तथा सञ्चालनको तयारी गरिएको भन्दै त्यसविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको जनाएको हो । संघर्ष समितिका अनुसार बुटवल उपमहानगरपालिकाले २०७६ सालमा ईरिक्सा सम्बन्धी…