८ चैत्र २०८२, आइतबार | March 22, 2026

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने एक सिट खाली भएकोमा सरकारले अर्याललाई सिफारिस गरेको हो । अर्याललाई प्रधानमन्त्री सुशीला कार्कीले सुरुदेखि नै निकै विश्वास गर्दैआएकी छिन् ।