काठमाडौं । देशका विभिन्न सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । ट्राफिक प्रहरीले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार हाल चार वटा प्रमुख स्थानमा यातायात सञ्चालन रोकिएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा नारायणगढ–मुग्लिन सडक खण्ड माथिबाट पहिरो खसेपछि आवागमन रोकिएको छ । यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि अरनिको राजमार्ग…