काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइरालाले शेरबहादुर देउवा नै नेपाली कांग्रेसको सभापति र वास्तविक नेता भएको बताएका छन्। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा शुक्रबारदेखि जारी संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देउवाकै नेतृत्वमा कांग्रेस एकजुट भएर अघि बढ्ने बताएका हुन्। ‘शेरबहादुर देउवा नै हाम्रो नेता…