काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद सहमति नजुटेपछि सुचारु हुन सकेको छैन । आज मध्यान्ह बैठक सुरु भए लगतै पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा एमाले सांसदहरुले आपत्ति जनाएका थिए । २ दिन अघि संसदमा बोल्दै दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने…