२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा मध्यराति बाढी, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढेपछि कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित सुकुम्बासी होल्डिङ सेन्टर शनिबार मध्यराति डुबानमा परेको छ। नदीको बहाव बढ्दै राति करिब १ः३० बजेपछि बाढी होल्डिङ सेन्टरभित्र पसेपछि सुरक्षाकर्मीले तत्काल उद्धार अभियान सञ्चालन गरेका हुन्। गृह मन्त्रालयका अनुसार राति १ः३८ बजे डुबानको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक…