नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीका लागि कपडा धुने वाशिङ मेसिन सहयोग प्राप्त भएको छ। नेपालगन्ज निवासी स्वर्गीय राजेन्द्रप्रसाद सिंघलको सम्झनामा उक्त सहयोग प्रदान गरिएको हो। बागेश्वरी ट्रेक्टर, कारकाँदोका संचालक स्व. सिंघलकी श्रीमती मीना सिंघल, छोरा सन्दिप सिंघल तथा नाती आदित्य सिंघलले संयुक्त रूपमा समितिका प्रमुख महेश चन्दलाई वाशिङ मेसिन…