४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निःशुल्क सेनिटरी प्याड वितरणको बजेटमा अनियमितताको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो…