काठमाडौं । नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका डिल्ली नारायण पाण्डे सहित सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टालाई सम्मानित गरेका हुन् । कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रीय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको…