काठमाडौँ। मतदाता नामावलीमा समावेश हुन अव आयोग अन्तर्गतको कार्यालयमा जान नपर्ने भएको छ । निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएसँगै राष्ट्रिय परिचयपत्र भएका नागरिकहरुले घरमै बसेर मतदाता नामावलीको फारम भर्न सक्ने भएका हुन् । आयोगले गराएको नयाँ व्यवस्था अनुसार अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप…