२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

क्यान्सरपीडित सगरमाथा आरोही तामाङलाई भेटे प्रचण्डले, गरे सहयोग दिलाउने प्रतिवद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्यान्सरपीडित सगरमाथा आरोही शम्भु तामाङलाई भेट गरेका छन् । अध्यक्ष प्रचण्ड शम्भुलाई भेट्न आइतबार बिहान हरिसिद्धिस्थित क्यान्सर अस्पताल पुगेका थिए । प्रचण्डले त्यहाँ पुगेर तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । त्यसक्रममा प्रचण्डले तामाङको उपचारमा सहयोग गर्न सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाएका थिए…