काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाअनुसार एक लाख २८ हजार ४८५ मत गणना हुँदा बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका छन् । निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ४३ हजार ८५० मत प्राप्त गरिसकेका छन्…