काठमाडौं । भारतको ३१.६९ करोड रुपैयाँ आर्थिक सहयोगमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन निर्माण कार्य सुरु गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार संयुक्त रुपमा पुस्तकालय निर्माण स्थलको भूमिपुजा गरेका हुन् । भूमिपुजा कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका वरिष्ठ अधिकारी, दूतावासका प्रतिनिधि, केन्द्रीय परियोजना कार्यान्वयन…